१४४ नमुना परीक्षण गर्दा ८ जनालाई कोरोना

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७८, बुधबार

नेपालगन्ज: बाँकेमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४४ नमुना परीक्षण गर्दा ८ जना नयाँ संक्रमित थपिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ३ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ४७ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा २५ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन ।

हालसम्म जिल्लाका प्रयोगशालामा ८७ हजार ४८ नमुनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ । संक्रमण पुष्टि भएकामध्य जिल्लाका दुईजना मात्र छन् । संक्रमणबाट निको भएर थप ६ जना डिस्चार्ज भएका छन् ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech