भेरोसेल खोप ल्याउन आज चीन उड्दै वायु सेवा निगमको विमान

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७८, बुधबार

फोटो: फाइल

नेपालगन्जः कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको विमान आज राति चीन जाने भएको छ। चीनसँग अनुदानसहित खरिद गरिएका खोप लिन आज राति ११ बजे विमान चीन उड्न लागेको हो।

आज गएर बिहीबार दिउँसो २ बजे विमान काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँले ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख ल्याइने बताउनुभयो। यसका लागि आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने उहाँले बताउनुभयो

यसअघि खरिद गरिएको ८ लाख डोज खोप नेपाल ल्याइसकिएको छ। त्यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो।

वायु सेवा निगमको विमान बिहीबार राति ११ बजे नै फेरि खोप लिन जानेछ भने अर्को पटक ९ गते जानेछ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech