भेरोसेलको पहिलो डोज ८२ प्रतिशतबढीले लगाए, सबैभन्दा कम नरैनापुरमा

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७८, मंगलवार

नेपालगन्जः बाँकेका चार पालिकामा कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज ८२ प्रतिशत बढीले लगाएका छन् ।

जिल्लाका बैजनाथ, नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा तीन दिनको अवधिमा ८२ दशमलव ८ प्रतिशतले खोप लगाएका हुन् । लक्षित समुदाय ५५ वर्ष माथिका सबै, शिक्षक तथा यातायातकर्मी गरी ९ हजार १ सय २८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताउनुभयो ।

यहाँ ११ हजार २५ जनालाई खोप लगाउने लक्ष्य थियो। सबैभन्दा धेरै बैजनाथ गाउँपालिकामा शत प्रतिशत र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ३४ प्रतिशतले खोप लगाएका छन् ।

राप्तीसोनारीमा ९१ र डुडुवा गाउँपालिकामा ७७ प्रतिशतले खोप लगाएको खोप अधिकृत शर्माले बताउनुभयो । नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा यही १० गतेदेखि खोप लगाउने कार्यसूचि तय गरिएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech