फेरि कोरोना संक्रमितको दर बढ्यो

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७८, मंगलवार

नेपालगन्जः नेपालमा कोरोना संक्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ३६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय २ र ४ हजार २ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ६ सय १७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ५ सय ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३४ हजार ९२७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २६ हजार ४१९ जना आइशोलेशन र ३२६ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ८६ हजार ३५४ वटा पिसिआर र २ लाख ७० हजार ९६१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech