जमुनाह नाकामा आजदेखि स्थायी हेल्थ डेक्स संचालन

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७८, मंगलवार

नेपालगञ्ज: नेपालगञ्जको जमूनाह नाकामा आजदेखि स्थायी प्रकृतिको हेल्थ डेस्क संचालनमा आएको छ । ५१ लाख ३१ हजारको लागतमा निर्माण गरिएको उक्त हेल्थ डेस्कको आजै उद्घाटन गरिएको छ ।

नेपलागन्जका मेयर डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले संयुक्तरुपमा हेल्थ डेस्कको उद्घाटन गर्नुभयो ।

देशभरका १३ वटा नाका मध्ये स्थायी प्रकृतिको हेल्थडेस्क सञ्चालन भएको नेपालगन्जमा पहिलो पटक हो । चिकित्सक, ल्याब टेक्निसियन सहितका स्वास्थ्यकर्मीहरु खटिने उक्त हेल्थ डेक्समा भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण गरिनेछ ।

कोरोना, डेङ्गु, मलेरिया लगायतका सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले बताउनुभयो ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech