१४५ जनाको नमुना जाँच, २३ जनालाई कोरोना

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७८, मंगलवार

नेपालगन्ज: बाँकेमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १४५ नमुना परीक्षण गर्दा २३ जना संक्रमित थपिएका हुन् । भेरी अस्पतालको प्रयोगशालामा ७४ नमुना परीक्षण गर्दा १८ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ३३ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन ।

थपिएका संक्रमित मध्य जिल्लाका ४ जना छन् । जिल्लामा हालसम्म ८६ हजार ९०४ नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । संक्रमणबाट निको भएर गएको २४ घण्टामा थप ५ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै उपचारका लागि जिल्ला बाहिरबाट आएका एकजनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech