डोटीमा कोभिडबाट २८६५ संक्रमित, ११ को मृत्यु

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७८, मंगलवार

डोटीः डोटीमा गएको आर्थिक वर्षमा दुई हजार ८६५ जना संक्रमित भएका छन् भने ११ जनाले ज्यान गुमाएका छन् । यो गएको जेठ देखि असार महिनासम्मको तथ्याङ्क हो ।

जेठ महिनामा सबैभन्दा बढी ७८७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यस्तै वैशाख महीनामा ५८६ जनामा संक्रमण देखिएको थियो ।

यसअघि २०७७ साल असारमा संक्रमण उच्च विन्दुमा देखिएको थियो । उक्त महिना ५२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । फागुन ममहिनामा भने एक जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएन् ।

दोश्रो लहरको कोरोना संक्रमणका क्रममा २०७७ साल चैत्रमा १० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । यो संगै दोश्रो लहरको महामारी शुरु भएपछि असार मसान्तसम्म एक हजार ४५३ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण जिल्लामा तीन महिला र आठ पुरुष गरी ११ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धववहादुर ठगुन्नाले वताउनुभयो ।

ठगुन्नाका अनुसार दिपायल सिलगढी नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको । यस्तै शिखरमा एक महिला र एक पुरुष गरी दुई, केआई सिंहमा एक महिला र एक पुरुष गरी दुई, पूर्वीचौकी, बडीकेदार र आदर्शमा एक-एक पुरुषको मृत्यु भएको छ ।

जिल्लामै उपचारका क्रममा ११ जनाको मात्रै निधन भएको भए पनि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने डोटीका १५ जनाले कोरोना महामारीविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाएका छन् ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech