पछिल्लो २४ घण्टामा २४४५ संक्रमित थपिए, ३२ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७८, सोमबार

नेपालगन्जः नेपालमा सोमबार थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय ३३ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ४२ र ३ हजार ८ सय ३१ एन्टीजेन परिक्षणका क्रममा ८०३ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १८ हजार ४९४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ५ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय ५८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३३ हजार ३३२ संक्रमित निको भएका छन् । हाल नेपालमा २५ हजार ८३७ जना आइशोलेशन र ३०४ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ७७ हजार ५१८ वटा पिसिआर र २ लाख ६६ हजार ६६२ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech