२४ घण्टामा १२ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७८, सोमबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका दुईवटा प्रयोगशालामा १०८ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ७७ नमुना परीक्षण गर्दा ७ र मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३१ नमुना परीक्षण गर्दा ५ गरी १२ जना नयाँ संक्रमित थपिएका हुन् ।

तीमध्ये बाँकेका मात्रै ३ जना रहेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जना डिस्चार्ज भएका छन् ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech