प्रधानमन्त्री देउवा खोप केन्द्रमा: सरकारको प्राथमिकता सबैलाई कोभिड खोप

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७८, सोमबार

काठमाडौंः प्रधानमन्त्री शेरबहादनुर देउवाले कोभिड खोप केन्द्रको स्थलगत निरीक्षण सुरु गर्नुभएको छ । देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा कोभिड खोप केन्द्रबाट स्थलगत निरीक्षण तथा अनुगमन सुरु गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको समेत निरीक्षण तथा अनुगमन गर्ने कार्यतालिका छ ।

उहाँले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताउनुभयो । खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत प्रधानमन्त्री देउवाले निर्देशन दिनुभयो । आजबाट एक डोज मात्र लगाए पुग्ने कोभिड खोप जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ।

 

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech