६२ जनाको नमुना जाँच, ३ जनालाई कोरोना

    • स्वास्थ्य पेज

  • ३ श्रावण २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा बाँकेमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६२ वटा नमुना परीक्षण गर्दा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २१ नमुना परीक्षण गर्दा २ जना, मेडिकल कलेज कोहलपुरमा २७ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी प्रयोगशालामा १४ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन ।

आज संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका २ जना मात्र छन् । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना डिस्चार्ज भएका छन् । त्यस्तै संक्रमणकै कारण गएको २४ घण्टामा उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका १ जनाको मृत्यु भएको छ ।

जिल्लामा अहिलेसम्म ८६ हजार ६५१ नमुना परीक्षण सम्पन्न भएको छ ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech