भेरी अस्पतालमा थप एक जना कोभिड संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ श्रावण २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका ५ प्यूठानका ६८ वर्षीय पुरुषको आज विहान मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

असार २९ गते भाइरस संक्रमण पुष्टि भएपछि उनी त्यसको दुई दिनपछि ३१ गते भेरी अस्पतालको कोविड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको उपचारकै क्रममा विहान ११ बजे मृत्यु भएको बताइएको छ ।

योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ७३ पुगेको छ ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech