बाँकेका पाँचमहिला सहित ९ जनालाई कोभिड

    • स्वास्थ्य पेज

  • २ श्रावण २०७८, शनिबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ११९ वटा नमुना परीक्षण गर्दा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा ७, मेडिकल कलेज कोहलपुरमा ३५ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी प्रयोगशालामा २४ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ जना बाँकेका छन् ।

त्यसमा महिलाको संख्या ५ रहेको छ । बाँकेमा पछिल्लो २४ घण्टामा डिस्चार्ज र मृत्यु संख्या शुन्य छ । जिल्लामा अहिलेसम्म ८६ हजार ५ सय ८९ नमुना परीक्षण भएको छ ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech