भेरी अस्पतालका सटर हटाइदै, के बन्दै छ सटरको विकल्पमा ?

    • स्वास्थ्य पेज

  • २ श्रावण २०७८, शनिबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालका सटरहरु हटाइने भएको छ । अस्पतालका ३५ सटर छन् । ती सबै भाडामा छन् । सटरमा क्लिनिक, ल्याव, किराना पसल, नास्ता पसललगायत संचालनमा छन् ।

बर्षौदेखि संचालनमा रहेका ती सटरहरु खाली गर्न अस्पताल प्रशासनले साउन पाँच गतेसम्मको अल्टिमेटम दिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । तीन महिना अघि नै अस्पताल प्रशासनले सटर खाली गर्न भनिसकेको छ ।

तर सटर खाली गर्न भने उनीहरुले अटेरी गरिरहेका छन् । अस्पताल प्रशासनले साउन पाँच गतेलाई अन्तिम अल्टिमेटम दिएको र त्यो अवधिमा पनि सटर खाली नगरे कडाइका साथ प्रस्तुत हुने चेतावनी दिएको छ । यी सटरबाट मासिक करिव पाँच लाख रुपैंया भाडा उठ्दै आएको थियो ।

अस्पतालका सटरहरु हटाएर त्यहाँ आकर्षक पर्खाल लगाउने तयारी अस्पताल विकास समितिले गरेको छ । अस्पतालको भौतिक पूर्वाधार, प्रविधि विकासलाई जोड दिएको अस्पताल विकास समितिले यसका संरचनामा पनि पुनःनिर्माण गर्न थालेको हो ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech