आवस्यकता अनुसार खोप केन्द्रहरु बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७८, शुक्रबार

काठमाडौं: खोप केन्द्रमा लामो लाईन देखिएको भन्दै आवस्यकता अनुसार खोप केन्द्रहरु बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । उहाँले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिनुभएको हो ।

अहिले स्वास्थ्य मन्त्रालयले चीनबाट आएको भेरोसेलको पहिलो मात्रा दिन सुरु गरेको छ । लक्षित समुह निर्धारण गरि मन्त्रालयले खोपको पहिलो मात्रा लगाउन सुरु गरेको छ । यही अभियानमा खोप लगाउने केन्द्रहरुमा लामो लाइन देखिएपछि प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो ।

अहिले विभिन्न जिल्लामा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरुले भेरोसेलको पहिलो मात्रा लगाईरहेका छन् । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकहरुले समेत खोप लगाइरहेका छन् ।

काठमाडौंमा भने भोलीसम्म हुने भनिएको खोप कार्यक्रम मौजुदा रहेको खोप सकिएको भन्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech