कोरोना संक्रमितको संख्या फेरि उकालो लाग्यो, मृत्युदर पनि बढ्यो

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७७५ जना निको भएका छन् ।

पछिल्ला केही दिन देखि कोरोना संक्रमितको संख्यासँगै मृत्यु दर पनि बढ्दै गएको छ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech