पोखराका मेयर जिसीलाई मस्तिष्कघात, काठमाडौं लगियो

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७८, शुक्रबार

पोखरा: पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । पोखरा–१२ स्थित निवासमा सुतिरहेका उनलाई शुक्रबार बिहान ४ बजे अप्ठेरो महसुस भएपछि तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए । मेयरका प्रेस संयोजक माधव बरालले चिकित्सकहरुलाई उद्धृत गर्दै जनाएअनुसार उच्च रक्तचापका कारण उनको मुटुको नसामा सानो अवरोध देखिएको छ ।

त्यसले देब्रेहरमा समस्या देखिएको तर जिसी बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले दिनुभयो ।  मेयर जिसीलाई थप उपचारका लागि एभरेस्ट हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा जिसीको उपचार सुरु भएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech