पोखरा: पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । पोखरा–१२ स्थित निवासमा सुतिरहेका उनलाई शुक्रबार बिहान ४ बजे अप्ठेरो महसुस भएपछि तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए । मेयरका प्रेस संयोजक माधव बरालले चिकित्सकहरुलाई उद्धृत गर्दै जनाएअनुसार उच्च रक्तचापका कारण उनको मुटुको नसामा सानो अवरोध देखिएको छ ।
त्यसले देब्रेहरमा समस्या देखिएको तर जिसी बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले दिनुभयो । मेयर जिसीलाई थप उपचारका लागि एभरेस्ट हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा जिसीको उपचार सुरु भएको छ ।