भेरी अस्पतालमा कोभिडबाट थप एक जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ असार २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोभिड संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–१ रोल्पाका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । असार २३ गते कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ३ सय ७१ जनाको मृत्यु भएको छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech