११७ नमुना परीक्षण गर्दा २१ जनालाई कोरोना

    • स्वास्थ्य पेज

  • ३० असार २०७८, बुधबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लाका दुई वटा प्रयोगशालामा १ सय १७ नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको ल्यावमा ६० नमुना परीक्षण गर्दा १७ र नेपालगन्ज मेडिकल कोहलपुरमा ५७ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण देखिएको हो । तिमध्ये बाँकेका भने ७ जनामात्रै छन् ।

योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ५ सय ३० पुगेको छ । पीसीआर परीक्षणको संख्या भने ८६ हजार १ सय ७८ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थप ९ जना डिस्चाज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार १ सय ६९ पुगेको छ ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech