कस्ता बिरामीले कोरोनाविरुद्धको खोप नलगाउने ?

    • स्वास्थ्य पेज

  • ३० असार २०७८, बुधबार

तस्बिर:फाइल

काठमाडौं: नेपालमा अहिले कोरोना भाइरस विरुद्धको खोप लगाउने काम भईरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले पनि भेरोसेल र अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप दिन अभियान सुरु गरिसकेको छ । लक्षित समुह निर्धारण गरि यी खोपहरु दिन लागिएको छ । यो पटक भेरोसेलको पहिलो मात्रा ५५ वर्ष र सो माथिका उमेर समूहलाई लगाउन लागिएको छ। यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरुले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाउँदैछन् ।

यस्तै एक मात्रा मात्र लगाए पुग्ने जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइदै छ । यस्तै, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई पनि उक्त खोप पाउँनेछन् । तर खोप सबैले लगाउन मिल्छ या मिल्दैन भन्ने अन्योल छ । यो अन्योल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेटाउने प्रयास गरेको छ ।

निम्न अवस्थाका व्यक्तिले खोप नलगाउने :

१.१८ वर्षभन्दा कम उमेरका व्यक्ति

२.खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्ति

३. यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति

४.पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति

५. हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल

६. कोभिड-१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ ।

७. कोरोना संक्रमित संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्छ।

यी अवस्था भएका व्यक्ति बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउनुपर्छ। खोप लगाउनु अघि आफ्नो रोग र आफुले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउँनु होस ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech