कोरोना संक्रमित बर्दियाका दुईजनाको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • ३० असार २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित थप दुईजना बिरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा ठाकुरबाबा नगरपालिका ४ बर्दियाका ६३ वर्षीया महिला र बर्दियाकै राजापुर नगरपालिका १० का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ व्यवस्थापन समितिका अनुसार संक्रमण पुष्टि भएपछि उपचारका लागि असार २५ गते भेरीमा भर्ना हुनुभएका ठाकुरबाबा ४ का महिलाको स्वास्थ्यमा सुधार नआउँदा हिजो राती ९:४५ बजे मृत्यु भएको हो ।

त्यस्तै राजापुर नगरपालिका-१० का पुरुष कोभिड पुष्टि भएपछि असार २६ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै हालसम्म बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ३७० जनाको मृत्यु भईसकेको छ । जिल्लाकै ३११ जनाले समेत कोभिडकै कारण ज्यान गुमाएका छन् ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech