सर्नेभन्दा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या उच्च

    • स्वास्थ्य पेज

  • २९ असार २०७८, मंगलवार

नेपालन्जः नेपालगन्ज उपमहानगरपालिकाले नसर्ने रोगहरु सम्वन्धि आज सरोकारवालाहरुसँग नेपालगन्जमा अन्तरक्रिया गरेको छ । सर्नेभन्दा पनि नसर्ने रोगका कारण मानिसहरुको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएपछि उपमहानगरपालिकाले नसर्ने रोगका बारेमा सचेतना फैलाउने उद्देश्यले सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार नेपालमा सर्ने भन्दापनि नसर्ने रोगका कारण ९३ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्कलाई उध्रृत गर्दै उहाँले ७ प्रतिशत मानिसको मात्रै सर्ने रोगका कारण मृत्यु हुने गरेको बताउनुभयो । अस्पतालमा भर्ना भएका बिरामी मध्ये ९२ प्रतिशत नसर्ने रोगका हुने र ८ प्रतिशतमात्रै सर्ने रोगका बिरामी भर्ना हुने गरेका छन् ।

मधुमेह, मुटुरोग, दीर्घ श्वासप्रश्वास, सूर्तिजन्यलगायत नसर्ने रोगका कारण मानिसहरुको मृत्युदर उच्च देखिएको छ । शारीरिक निष्किृयता, धुम्रमान, मध्यपानको प्रयोग र अस्वस्थ खानपानका कारण मानिसहरु नसर्ने रोगको चपेटामा पर्ने गरेका छन् ।

स्वास्थ्य शाखा प्रमुख चन्दले नसर्ने रोगबाट जोगिन कम्तिमा पनि आफ्नो स्वास्थ्यबारे नियमित चेकजाँच गराउने र खानपानमा विशेष ध्यान दिनु पर्ने सुझाव दिनुभयो ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech