भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप आजदेखि, कसले पाउँछन् त ?

    • स्वास्थ्य पेज

  • २९ असार २०७८, मंगलवार

तस्बिर:फाइल

काठमाडौं: सरकारले कोभिड-१९ विरुद्धको भेरोसेल र अमेरिकाले दिएको जोन्सन खोप दिन आजदेखि सुरु गर्ने भएको छ । चीनबाट ल्याइएको ८ लाख डोज र अमेरिकाले उपलब्ध गराएको १५ लाख डोजभन्दा बढी खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेलको पहिलो मात्रा ५५ वर्ष र सो माथिका उमेर समूहलाई लगाउन लागिएको हो। यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाइदैछ।

खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिक र नेपाल सरकारले तोकका अतयावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकलाई पनि आजदेखि खोप दिइने छ । यस्तै एक मात्रा मात्र लगाए पुग्ने जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यस्तै, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई पनि उक्त खोप दिइनेछ । उमेर खुल्ने परिचयपत्र, सम्बन्धित संघ संस्था, विदेश जान लागेकालाई पासपोर्ट तथा भिसाका आधारमा खोप दिइने बताईएको छ ।

यसैबिच अभियान आजबाटै सुरु हुने भनिएपनि बाँकेका भने केहिदिन पछि मात्र सुरु हुनेछ । खोप आईनपुगेका कारण केहिदिनपछि मात्र भेरोसेल लगाउन सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech