विहेको तीन महिनामै किन देह त्यागे मानसिक रोग विशेषज्ञ डा अर्यालले ?

    • स्वास्थ्य पेज

  • २८ असार २०७८, सोमबार

नेपालगन्जः मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्यालले विष सेवन गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार डा अर्यालले विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक अध्ययनले देखाएको हो। उहाँ मृत भेटिएको रुममा सल्फास नामको विषादी भेटिएको प्रहरीले जनाएको छ ।

उहाँ बूढानीलकण्ठस्थित एक होटलमा आइतबार मृत फेला पर्नु भएको थियो । विहान होटलमा पुगेका उहाँले रुम बुक गरेपछि ब्रेकफास्ट मगाउनु भएको थियो । ब्रेकफास्ट लिएर जानेक्रममा उहाँ घोप्टो परेको अवस्थामा वेयटरले देखेपछि होटेलले तत्काल प्रहरीलाई खवर थियो । मृत्युको कारण पत्ता लगाउनका लागि उहाँको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।

पोष्टमार्टमको रिपोर्ट बेलुकासम्म आइपुग्ने प्रहरीले जनाएको छ । डा अर्याल गत असोजमा नवौं तहमा बढुवा भएर मानसिक अस्पतालमा पुग्नुभएको थियो।

कन्सल्ट्यान्ट साइक्यास्ट्रिकका पदमा कार्यरत डा अर्याल अस्पतालमा शुक्रबारसम्म काम गरेर फर्किएका उहाँका सहकर्मी डा वासुदेव कार्कीले जानकारी दिनुभयो । ‘सधैं हाँसी–मजाक गरिरहनुहुन्थ्यो। उहाँको सबैसँगै मिलनसार व्यवहार थियो। सँगै काम गरिरहँदा केही व्यवहारमा फरक भएको अनुभूति पाएका थिएनौं।

उहाँले भन्नुभयो–‘शुक्रबार पनि अस्पतालमा काम गरेर घर फर्किनु भएको थियो । तर उहाँले हामीलाई छाडेर जानुभएको यो खवरले एकछिन विश्वास नै लागेन् ।’

डा अर्यालको तीन महिनाअघि मात्रै विवाह भएको थियो। बबरमहलमा घर भएका उहाँको परिवारमा बुवा, आमा र श्रीमती हुनुहुन्छ। भाइ र भाइबुहारी विदेशमा बस्दै आउनुभएको छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech