कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल आइपुग्यो

    • स्वास्थ्य पेज

  • २८ असार २०७८, सोमबार

काठमाडौंः अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको कोरोना खोप काठमाडौं आइपुगेको हो ।

एक मात्रा (डोज) मात्रै लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज अमेरिकाले पठाएको हो । जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप एक मात्रा लगाए पुग्छ । एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ।

सो खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हस्तान्तरण गर्नुभएको छ । उक्त खोप कसलाई र कुन उमेर समूहलाई लगाउने भन्ने विषय टुंगो लागिसकेको छैन ।

यद्यपी विभिन्न कामले विदेश जानपर्ने व्यक्ति तथा शिक्षकहरुलाई दिने विषयमा छलफल चलिरहेको अधिकारीहरूले बताएका छन् । खोपबिना वैदेशिक रोजजारीमा जान नमिल्ने अवस्था आइरहेकाले उक्त खोप वैदेशिक रोजगराीलगायत अन्य कामका लागि विदेश जानेहरुलाई पनि दिन सक्नेबारे छलफल चलिरहेको बताइएको छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech