१८३१ जना कोभिड संक्रमित थपिए, १५३३ संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • २७ असार २०७८, आईतवार

काठमाडौं: पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३५ पीसीआर परीक्षणमा १ हजार २३७ र ३ हजार ६८३ एन्टिजेन परीक्षणमा ५९४ जना गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । आजसम्म मृतक संख्या ९ हजार ३८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ ।

 

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech