अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने प्रधानमन्त्रीको भनाई

    • स्वास्थ्य पेज

  • २७ असार २०७८, आईतवार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइसक्ने गरी सरकारले प्रयास अघि बढाएको बताउनुभएको छ । काठमाडौं स्थित वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उहाँले अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने बताउनुभयो ।

उहाँले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि सरकारले पहलकदमी अघि बढाएको बताउनुभएको हो । जनताको जीवन रक्षा पहिलो कर्तव्य भन्ने भावनाका साथ सरकारले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । जनतामा सचेतना बढे पनि विश्वमा कोरोना भाइरस संक्रमण नियन्त्रण नभइन्जेल सामाजिक दुरी र मास्क अनिवार्य लगाइराख्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले युनिफाइड केन्द्रीय अस्पतालमा नया सफलता हासिल गरेको भन्दै पुर्ण क्षमतामा अबिलम्ब सञ्चालन गर्न निर्देशन दिनुभयो। १३१ वर्षअघि सुरु भएको वीर अस्पताल नेपाली–विदेशी सबैको सेवामा समर्पित भएको उहाँको भनाइ थियो ।

नवनिर्मित सर्जिकल भवनको अधिकतम प्रयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले बिरामीलाई गुनासोरहित सेवा प्रदान गर्न पनि सचेत गराउनुभयो ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech