सैनिक अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

    • स्वास्थ्य पेज

  • २७ असार २०७८, आईतवार

नेपालगन्जः छाउनीस्थित वीरेन्द्र अस्पतालमा मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ। नेपाली सेनाद्वारा सञ्चालित काठमाडौँको उक्त अस्पतालमा महानगरपालिकाबासीलाई लक्षित गरी हेमोडाइलाइसिस सेवा सुरु भएको हो ।

आइतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा आइतबारदेखि मिर्गौलाका क्भचय ल्भनबतष्खभ बिरामीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको हो।

महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech