बाँकेमा स्वास्थ्य बीमाप्रति आकर्षण बढ्न सकेन

    • स्वास्थ्य पेज

  • २७ असार २०७८, आईतवार

नेपालगन्जः बाँकेमा स्वास्थ्य बीमाप्रति मानिसहरुको अझै चासो बढ्न सकेको छैन् । बीमा कार्यक्रम लागू भएको करिव साढे दुई वर्ष वित्नै लाग्दा समेत बाँकेमा ५० हजारले पनि बीमा गराएका छैनन् ।

स्वास्थ्य बीमाको फाइदा नबुझ्दा बीमाप्रति मानिसहरुको आकर्षण बढ्न नसकेको हो । भेरी अस्पतालका बीमा कार्यक्रमका फोकलपर्सन सुनिल पंगेनीले स्वास्थ्य पेजलाई जनाए अनुसार हालसम्म जिल्लामा २९ हजार ७ सय १८ घरपरिवार बिमित छन् ।

ती घरपरिवारका ४० हजार मानिसहरु बीमामा समेटिएका छन् । बाँकेमा २०७५ साल जेष्ठ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा, बनकटुवा स्वास्थ्य चौकी, लक्ष्मणपुर स्वास्थ्य चौकी र खजुरा स्वास्थ्य चौकीले बीमा सेवा प्रवाह गरिरहेका छन् ।

स्वास्थ्य बीमा गरेका बिमितले सबै प्रकारका स्वास्थ्य जाँच, शल्यक्रिया, औषधिलगायतको सेवा पाउने उहाँको भनाइ छ। स्वास्थ्य बीमाका लागि प्रतिपरिवारबाट वार्षिक ३ हजार ५ सय लिने गरिएको छ ।

त्यो बापत वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा पाइन्छ । ५ जनाको परिवारलाई एउटा इकाइ मानिएको छ । ५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक १ लाखमा क्रमश २० हजारका दरले औषधी उपचारको सुविधा थपिँदै जान्छ ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech