२४ घण्टामा थप २१६९ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २६ असार २०७८, शनिबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । शनिबारसम्म मृतक संख्या ९ हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ ।

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech