नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
१४७ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ६६ नमुना परीक्षण गर्दा ६, मेडिकल कलेजमा ४३ नमुना परीक्षण गर्दा १ र बागेश्वरी ल्यावमा ३८ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यसमा बाँकेका तीन ३ महिलासहित ४ जना छन् । पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् भने एकजनाको मृत्यु भएको छ ।