संक्रमित घटेपछि स्वास्थ्यकर्मीको धपेडीपनि कम

    • स्वास्थ्य पेज

  • २६ असार २०७८, शनिबार

नेपालगन्जः भेरी अस्पतालमा संचालित कोभिड अस्पतालकी इन्चार्ज शीला शर्मालाई एक महिना अघिसम्म खाना खानेसम्म फूर्सद थिएन् । बेड व्यवस्थापनदेखि नर्सिङ स्टाफको ड्युटी मिलाउनै मुस्किल पथ्र्यो । ‘बिरामी खचाखच थिए, एक महिना अघिको स्मरण गर्दै उहाँले भन्नुभयो–‘जनशक्ति कम थियो व्यवस्थापन गर्न गाह्रो भयो ।’ चैतको अन्तिमदेखि जेठको पहिलो सातासम्म बिरामीको चाप थेगिनसक्नु भयो ।

तर अहिले संक्रमण दर घटेसँगै अस्पतालमा बिरामीको चाप पनि घटेको छ । बिरामीको चाप घटेसँगै शीलाको व्यस्तता पनि कम छ । हिंजोआज उनीहरु फूर्सदिला जस्तै भएका छन् । संक्रमण दर घटेसँगै कोभिड बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको धपेडीपनि कम भएको हो ।

अस्पतालमा संचालिन कोभिडका चारवटा हलमध्ये अहिले दुई वटा बन्द भइसकेका छन् । कुनै बेला चारसयको हाराहारीमा कोभिड बिरामीलाई उपचार सेवा दिएको अस्पतालमा अहिले ४०÷४५ जनामात्रै बिरामी छन् । अस्पतालमा संक्रमित बिरामीको चाप घट्दै गएपछि ननकोभिडका सबै सेवा सुरु भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका मेसु डा प्रकाश थापाका अनुसार, संक्रमण दर घट्दै गए एक हप्ताभित्र सबै सेवा फुलफेज नियमित हुने उहाँको भनाइ छ । कोरोना भाइरस महामारीको उपचारमा अब्बल भेरी अस्पतालले अहिले अन्य सेवालाई समेत सहज तरिकाले प्रवाह गर्न थालेपछि यसक्षेत्रका बिरामीहरु लाभान्वित हुन थालेका छन् ।

अस्पतालमा आउने सेवाग्राहीहरुले जनस्वास्थ्यको मापदण्ड पालना गर्न अस्पताल प्रशासनले आग्रह गरेको छ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech