महिनावारीको बेला यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?

    • स्वास्थ्य पेज

  • २६ असार २०७८, शनिबार

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। मासिक रूपमा डिम्ब निष्कासनपछि शुक्रकीटसँग मिलन हुन पाएन अर्थात् गर्भ रहेन भने डिम्ब निस्केको दुई हप्तापछि मासिक स्राव हुन्छ। महिनावारी वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित हुन्छन् । महिनावारीको बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ।

महिनावारीको बेला यौन सम्पर्क राख्न हुने कि नहुने ? सम्पर्क राख्दा के हुन्छ ? जस्ता प्रश्नले धेरैलाई पिरोल्ने गर्दछ । एकातिर हाम्रो समाजले महिनावारीका बेला गरिने यौन सम्पर्कलाई स्वीकारेको छैन । अर्कोतिर विभिन्न अध्ययनहरुले महिनावारीका बेला गरिने यौन सम्पर्कले चरम सन्तुष्टी दिने र गर्भको दृष्टिकोणले ढुक्क हुने कुरा औल्याएको छ । यी दुबै कारणले पार्टनरहरुलाई कन्फ्युज बनाई दिएको छ ।

महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । महिनावारी भइरहँदा कतिपय महिलाले कमजोरी वा थकित महसुस गर्ने हुनाले यौन सम्पर्क राख्न अनिच्छा हुन सक्छ। त्यसैले महिला पार्टनरको इच्छा विपरीत करबल गर्नु हुँदैन।

महिनावारीको समयमा धेरैलाई पेट दुख्दा पीडा हुने वा पिठ्यू दुख्ने हुन्छ, त्यसकारण यस्तो समयमा सकेसम्म शारीरिक श्रम गर्नु हुँदैन। महिनावारीका बेला महिला पार्टनर तनावमा हुने तथा उनिहरूलाई विभेद गरिएको ठान्न नदिन जिम्मेवार पुरुष पार्टनरले आलिंगन, स्पर्श, चुम्बन गरेको खण्डमा दाम्पत्य जीवन प्रगाढ बनाउँछ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech