निःशुल्क स्वास्थ्य चेकजाँच, परामर्श तथा औषधि वितरण

    • स्वास्थ्य पेज

  • २५ असार २०७८, शुक्रबार

नेपालगन्जः बर्दिया सदरमुकाम गुलरियामा आज निःशुल्क स्वास्थ्य चेकजाँच, परामर्श तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा स्वास्थ्य शिविर गरिएको हो ।

प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा अम्मर प्रहरी परिवारलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य शिविरमा जनरल फिजिसियन, नाक, कान, घाटी, हाडजोर्नी तथा नशा, स्त्रीरोग, दन्तरोगलगायतको सेवा प्रदान गरिएको प्रहरी अस्पतालका डिएसपी समेत रहनुभएका इएनटी सर्जन डा आनन्दकुमार झाले जानकारी दिनुभयो ।

शिविरमा २ सय १६ जनाको स्वास्थ्य चेकजाँच, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको पनि उहाँले बताउनुभयो । शिविरमा इएनटी सेवा डा झा, फिजिसियन सेवा भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा विपिन आचार्य, हाडजोर्नी सेवा भेरीकै डा राहुल मिश्र, स्त्री रोग सेवा अभिमन्यू श्रेष्ठ र दन्त सेवा सुर्यशा गुरुङ्गले दिनुभएको थियो ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech