बाँकेका प्रयोगशालामा ३५ जनामा कोभिड संक्रमण पुष्टि, ६ जना जिल्लाकै

    • स्वास्थ्य पेज

  • २५ असार २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेका प्रयोगशालामा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १८४ नमुना परीक्षण गर्दा ३५ जना संक्रमित थपिएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा ९६ नमुना परीक्षण गर्दा ३० जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ४७ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा ४१ नमुना परीक्षण १ जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित मध्य बाँकेका ६ जना मात्र छन् । जिल्लामा हालसम्म ८५ हजार ४२४ नमुनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ । गएको २४ घण्टामा संक्रमणबाट निको भएर थप ८ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै गएको २४ घण्टामा उपचारका लागि जिल्ला बाहिरबाट बाँके आएका एकजना संक्रमितको मृत्यु भएको छ ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech