निको हुने भन्दा संक्रमण पुष्टि हुनेहरु धेरै

    • स्वास्थ्य पेज

  • २५ असार २०७८, शुक्रबार

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल ११ हजार ३१३ जनाको परीक्षण गर्दा २२३९ जना नयाँ संक्रमित थपिएका हुन् ।

६ हजार ६५७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र एन्टिजेन विधिबाट ४ हजार ६५६ नमुना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३१६ जना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कुल संक्रमित मध्य ६ लाख १६ हजार ९२९ जना संक्रमित मुक्त भएर डिस्चार्ज भएका छन् । अहिले निको हुने दर ९४.५ प्रतिशत रहेको छ । संक्रमणकै कारण पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ९ हजार ३४० जनाको कोभिड संक्रमणका कारण मृत्यु भईसकेको छ ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech