बर्दियाका २८ वर्षीय संक्रमित पुरुषको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • २५ असार २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: भेरी अस्पतालमा कोरोना भाइरस संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा मधुवन नगरपालिका-१ का २८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले जनाएको छ ।

कोभिड संक्रमण पुष्टि भएपछि हिजो भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको हिजै राती ११ बजे मृत्यु भएको समितिका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा अन्यत्रै जिल्लाबाट उपचारका लागि आएका ३६७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भईसकेको छ ।

त्यस्तै हालसम्म जिल्लाका ३११ जनाको पनि संक्रमणकै कारण मृत्यु भएको छ ।

अहिले बाँकेमा संक्रमण करिब नियन्त्रणमा छ । जोखिम भने टरिनसकेकाले स्वास्थ्य मापदण्डको पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech