भेरोसेलको आठ लाख डोज नेपाल आइपुग्यो

    • स्वास्थ्य पेज

  • २५ असार २०७८, शुक्रबार

काठमाडौं: चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​ नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो।

निगमको जहाज हिजो खोप लिन चीन गएको थियो । पहिलो खेपमा नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको ८ लाख डोज खोप नेपाल ल्याईएको हो। अब साउन ८ गतेसम्म तीन वटा उडानमार्फत निरन्तर खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने मन्त्रालयको तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै ल्याउने मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्रा लगाइएको छ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech