कोभिड संक्रमणबाट १२८६ निको भए, १८७५ जना थपिए

    • स्वास्थ्य पेज

  • २४ असार २०७८, बिहीबार

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल १० हजार ५०४ जनाको परीक्षण गर्दा १८७५ जना नयाँ संक्रमित थपिएका हुन् ।

५ हजार ३७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र एन्टिजेन विधिबाट ५ हजार १३० नमुना परीक्षण गर्दा ६५७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २८६ जना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कुल संक्रमित मध्य ६ लाख १५ हजार ६१३ जना संक्रमित मुक्त भएर डिस्चार्ज भएका छन् । अहिले निको हुने दर ९४.५ प्रतिशत रहेको छ । संक्रमणकै कारण पछिल्लो २४ घण्टामा थप २९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ९ हजार ३२० जनाको कोभिड संक्रमणका कारण मृत्यु भईसकेको छ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech