बाँकेका प्रयोगशालामा १५ जना संक्रमित थपिए, जिल्लाका ५ जना मात्रै

    • स्वास्थ्य पेज

  • २४ असार २०७८, बिहीबार

नेपालगन्ज: बाँकेका प्रयोगशालामा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १३१ नमुना परीक्षण गर्दा १५ जना संक्रमित थपिएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा ७९ नमुना परीक्षण गर्दा १० जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा १८ नमुना परीक्षण १ जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित मध्य बाँकेका ५ जना मात्र छन् । जिल्लामा हालसम्म ८५ हजार २४० नमुनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ । गएको २४ घण्टामा संक्रमणबाट निको भएर थप ४ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै उपचारका लागि जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका एकजना संक्रमितको मृत्यु भएको छ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech