भेरीमा थप एकजना संक्रमितको मृत्यु, अझै १३ जना सिकिस्त

    • स्वास्थ्य पेज

  • २४ असार २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४ बर्दियाकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । असार १० गते कोभिड संक्रमण पुष्टि भएपछि उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

कोभिड उपचार गराइरहेका जिल्ला दुई अस्पतालमा अहिले ३३ जना बिरामी उपचारत् छन् । भेरी अस्पतालमा ३२ र वेष्टर्न अस्पतालमा १ गरी ३३ जना संक्रमित बिरामीको उपचार भइरहेको हो । तिमध्ये १३ जना सिकिस्त छन् ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech