भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदै

    • स्वास्थ्य पेज

  • २४ असार २०७८, बिहीबार

काठमाडौं: कोरोना भाइरस विरुद्धको भेरोसेल खोप ल्याउनको लागि नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदैछ । भेरोसेल खोप ल्याउन निगमको जहाज बेइजिङ जान लागेको हो । उक्त जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।

असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार (आज) साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्याउने छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech