बाँकेमा १४० नमुना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २३ असार २०७८, बुधबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४० नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा १४ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ४१ नमुना परीक्षण गर्दा १ जनामा र बागेश्वरी ल्याबमा २७ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण देखिएको छ । जिल्लामा हालसम्म ८५ हजार १०९ जनाको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ ।

संक्रमण पुष्टि भएका मध्य जिल्लाका ४ जना मात्र छन् । जिल्ला कोभिड १९ व्यवस्थापन समितिका अनुसार गएको २४ घण्टामा ४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech