२४ घण्टामा दुई हजार ९७९ जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • २३ असार २०७८, बुधबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ जना पिअिसार परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ३३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २९१ जना संक्रमितको निको भइसकेको छन्।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech