मधुमेह र थाइराइडको समस्या, अनि खानपानको सवालमा भ्रम र सत्य ?(भिडियो सहित)

    • स्वास्थ्य पेज

  • २२ असार २०७८, मंगलवार

मधुमेह

मधुमेह दीर्घरोग हो। शरीरको रगतमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ। अव्यवस्थित जीवनशैली र खानपानका कारण मधुमेह रोग लाग्छ। अल्छिपना, मोटोपना, जंकफुड बढी खानाले, कार्बोहाइड्रेयुक्त खानाको बढी प्रयोग गर्नाले मधुमेह हुनसक्ने चिक्त्सिकहरु बताउँछन्। वंशाणुगत कारणले पनि मधुमेह हुनसक्छ। मधुमेह भएमा सामान्यतया तिर्खा लाग्ने, मुख सुख्खा हुने, पटक–पटक पिसाब लागिरहने हुन्छ।

साथै शरीरमा आएका घाउ खटिरा चाडै निको नहुने, हाटखुट्टा झमझमाइ रहने, अकस्मात तौल घट्ने जस्ता लक्षण देखिन सक्छन् । मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि संगसंगै नियमितता दिनुपर्छ जसले रगतमा चिनीको मात्रा सन्तुलन राख्न सहयोग पुर्‍याउँछ । मधुमेहका रोगीलाई कति आहार चाहिन्छ भन्ने कुरा रोगीको उमेर, शरिरको तौल, कार्य, पेशा, लिङ्ग, वर्ण आदिको आधारमा निर्धारण गरिन्छ ।

हाम्रो जनमानसमा मधुमेहरोग लागेको बिरामीले भात वा आलु खानु हुँदैन भन्ने भ्रम छ जुन सत्य होइन । खासमा भात, जरा भएको तरकारी र अरु अन्नहरुले रगतमा चिनिको मात्रा सन्तुलन राख्छ । त्यसकारण हरेक खाजा वा खाना मात्रा मिलाएर खानुपर्छ ।

थाइराइड

शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ। थाइराइड  हाम्रो घाँटीमा हुने ग्रन्थी हो। यसले टी ३ र टी ४ नामक हर्मोन बनाउँछ। यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ।

पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

यो समस्या हुदा पनि अहिले खानाको सवलमा धेरै भ्रमहरु छन् । हाम्रो समाजमा खानपिनसम्बन्धी धेरै गलत हल्ला सुनिन्छ । जस्तै थाइराइडको समस्या हुदा बन्दा र काउली खानु हुदैन भन्छन् । थाइराइड बन्दा र काउली धेरै खाएर लाग्ने रोग होइन । जुन मात्रामा बन्दा र काउली खाएर ग्रन्थि सुनिन्छ, त्यति परिणाममा हामी बन्दा काउली सेवन गर्दैनौं ।

थाइराइडका बिरामीलाई मोटोपनको समस्या बढी देखिने हँदा तौल घटाउनका लागि खानामा चिल्लो र गुलियो कम गर्नुपर्छ ।

सुगर र थाइराइडको समस्या, अनि खानपानको सवालमा भ्रम र सत्य ?

यसबारे जानकारी दिनुहुदै ॐ अस्पताल काठमाडौमा कार्यरत सुगर, थाइराइड र हार्मोन विशेषज्ञ डा.बजरंग कुमार रौनियार

 

 

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech