होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने

    • स्वास्थ्य पेज

  • २२ असार २०७८, मंगलवार

नेपालगन्जः कैलालीमा भोलीदेखि होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । तर साउन १ गतेसम्म निषेधाज्ञा भने लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले केही परिमार्जन गर्दै साउन १ गते मध्यराति १२ बजेसम्म जारी निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरिएको बताउनुभयो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा थपिएको निषेधाज्ञा अवधिमा यसअघि होम डेलिभरी मात्रै गर्दै आएका होटल, रेष्टुरेन्ट तथा खाजा पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर बिहान ५ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।

यसैगरी सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली हटाउँदै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर जिल्लाभित्र चलाउन पाउने व्यवस्था गरिएको छ । तर जिल्ला बाहिर जानुपर्ने सवारी साधन भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने जारी आदेशमा उल्लेख छ ।

मानिसहरुको बढी भीडभाड हुने विभिन्न प्रकारका सभा, सम्मेलनको आयोजना गर्न पाइने छैन भने सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी साँझ, संग्रहालय, शिक्षण संस्था पनि बन्द नै रहनेछन् ।

 

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech