डा पोखरेल, श्रेष्ठ र सिंहमा को बन्ला स्वास्थ्य सचिव ?

    • स्वास्थ्य पेज

  • २२ असार २०७८, मंगलवार

काठमाडौंः सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको क्याबिनेटको बैठकले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत गरेको हो । २०७६ पुस २१ गते स्वास्थ्य सचिव डा। पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव पद रिक्त छ।

स्वास्थ्य सेवा ऐनको दफा १९ को सचिव सम्बन्धी व्यवस्थामा सचिवको नियुक्ति स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत वा एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ।

अहिले स्वास्थ्य सेवातर्फको सचिव बन्ने लाइनमा मन्त्रालयका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र डा दीपेन्द्ररमण सिंह रहनुभएको छ । अब बढुवा समितिमा सिफारिसका लागि आधारमा लोकसेवा आयोगले चयन गर्ने छ।

सिफारिस समितिले वरिष्ठताका आधारमा सचिव बढुवाको मापदण्ड लागू आधारमा डा।े रोसन पोखरेल पहिलो नम्बरमा हुनुहुन्छ ।
त्यसैगरी, अन्य आधारमा सिफारिस भयो भने पोखरेल र सिंहमध्ये एक जना स्वास्थ्य सचिवमा बढुवा हुने बताइएको छ ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech