विपि प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न केसीको माग

    • स्वास्थ्य पेज

  • २२ असार २०७८, मंगलवार

काठमाडौं: प्राध्यापक डाक्टर गोविन्द केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गर्नु भएको छ।

उपकुलपति ज्ञानेन्द्र गिरीलगायत रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै डाक्टर केसीले तत्काल बर्खास्त गर्न माग गर्नु भएको हो ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले नैतिकताको आधारमा उहाँहरुलाई एक मिनेट पनि बस्ने अधिकार नभएको बताउनु भयो ।

दलीय भागबण्डाका आधारमा नियुक्त भएका शीर्ष पदाधिकारीहरुले प्रतिष्ठानमा राजनीतिक दलको कार्यकर्ता भएर काम गरेको उल्लेख गर्दै डाक्टर केसीले पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने मागसमेत गर्नु भएको छ ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech