आजदेखि बाँकेमा सबै खाले सवारीसाधन चले

    • स्वास्थ्य पेज

  • २२ असार २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आजदेखि सबै खाले सवारीसाधन संचालनमा आएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणमा रहेकाले आजदेखि सम्पूर्ण सवारीसाधन नियमितरुपमा चल्न दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

यस्तै पसल व्यवसायपनि आजदेखि साँझ ७ बजेसम्म खुल्ने छन् । यसअघि विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय संचालनको अनुमति स्थानीय प्रशासनले दिएको थियो । भाइरस संक्रमण नियन्त्रणमा रहेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा भने थप १० दिन लम्ब्याएर ३१ गतेसम्म पुर्याइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि गएको बैशाख ९ गतेदेखि नेपालगन्ज र १३ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि हप्ताहप्तामा निषेधाज्ञा थप्दै आएको प्रशासनले पछिल्लो पटक १० दिन थप गरेको छ । यद्यपी निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन् ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech